नेप्से परिसूचक २१.७६ अंकले वृद्धि, १६ अर्ब ३२ करोडको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
440
Shares
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २१.७६ अंकले बढेर २,८९२.७२ बिन्दुमा पुगेको छ। यो शून्य दशमलव ७५ प्रतिशतको वृद्धि हो।
आज विभिन्न ३११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर १ लाख ३८ हजार ८२८ पटक खरिदबिक्री हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २ सय ३८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज सबै समूहका उपसूचकमा वृद्धि देखिएको छ। सबैभन्दा धेरै विकास बैंक समूह १.४२ प्रतिशत, लघुवित्त १.९३ प्रतिशत, निर्जीवन बीमा १.२७ प्रतिशत र अन्य समूह १.८४ प्रतिशतले बढेका छन्। यस्तै, बैंकिङ शून्य दशमलव ४८ प्रतिशत, होटल तथा पर्यटन शून्य दशमलव ३० प्रतिशत, जलविद्युत् शून्य दशमलव ४६ प्रतिशत, लगानी शून्य दशमलव ३७ प्रतिशत, जीवन बीमा शून्य दशमलव ०२ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७ प्रतिशत, म्युचुअल फन्ड शून्य दशमलव १९ प्रतिशत र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेका छन्।
आज थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ करोड ६६ लाख ४६ हजार ३०७ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने लक्ष्मी भ्यालु फन्ड–२ को १७ लाख ४६ हजार ७ सय ११ कित्ता शेयर किनबेच भएको छ।