arrow

पदबहाली गरिन् सामान्य प्रशासन मन्त्री न्यौपानेले 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
bhagwati-neupane-minister-8.jpg

काठमाडौँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बुधबार बेलुकी सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेकी छिन् । उनी मन्त्रालय पुग्दा मन्त्रालयका सचिव रविलाल पन्थलगायतका कर्मचारीले स्वागत अभिवादन गरेका थिए । 

पदबहाली गरेपछि उनले सङ्घ प्रदेश र स्थानीय तहमा हुने सङ्गठन तथा व्यवस्थापन सर्भेक्षणलाई निश्चित मापदण्डमा आधारित तुल्याउन मस्यौदा तयार गरी तीन महिनाभित्र पेस गर्न सङ्घीय मामिला महाशाखा प्रमुखको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने समिति गठन गर्ने निर्णयसम्बन्धी फाइल सदर गरिन् ।

नेपाल सरकारको आर्थिक वर्ष २०८२–८३ नीति तथा कार्यक्रममा सङ्घ प्रदेश र स्थानीय तहका सङ्गठन तथा व्यवस्थापनको राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ । 

यसअघि राष्ट्रपति भवन शीतल निवासमा बुधबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई शपथ दिलाएका थिए । राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रिय सभा सदस्य न्यौपानेलाई मङ्गलबार सङ्घीय मामिला मन्त्रीमा नियुक्त गरेका थिए । 

भ्रष्टाचारको अडिओ काण्ड बाहिर आएपछि चौतर्फी दबाबपछि निवर्तमान मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएसँगै उनको ठाउँमा प्रधानमन्त्री ओलीले न्यौपानेलाई ल्याएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ