शपथ लिए नवनियुक्त उपकुलपछि अर्यालले, हुन् भैरव अर्यालका पुत्र
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
1k
Shares
काठमाडौँ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले शपथ लिएका हुन् । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलगायत सहभागी थिए ।
कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई आज नियुक्त गरेका थिए ।
उपकुलपति अर्याल नेपाली व्यङ्ग्य साहित्यका एक स्तम्भ भैरव अर्यालका छोरा हुन् । साहित्यको फूलबारीमा हुर्किएका अर्यालले मौसम, जलवायु, जलचक्र र प्रदूषणको जटिल संसारमा अनुसन्धानको बिरुवा रोपेका थिए ।
डा अर्याल त्रिविको केन्द्रीय जल तथा मौसम विज्ञान विभागमा कार्यरत प्राध्यापक हुन् । उनले मौसम विज्ञानमा त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गरेका छन् ।