arrow

संसदीय सुनुवाइ समिति

सर्वोच्चका तीन न्यायाधीश र एक न्याय परिषद् सदस्य संसदीय समितिबाट अनुमोदित [भिडियो]

अनुमोदन प्रक्रियाका क्रममा माओवादी केन्द्रले गर्‍यो बैठक बहिष्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
iswari-deviss.jpg

काठमाडौँ। सर्वोच्च अदालतमा तीन जना नयाँ न्यायाधीश र एक जना न्याय परिषद् सदस्यको नियुक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले यी नामहरूलाई स्वीकृत गरेको हो।

समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार, सर्वोच्च अदालतको न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरिएको छ। यसका साथै, न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि स्वीकृत भएको छ।

यस अनुमोदन प्रक्रियाका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले बैठक बहिष्कार गर्‍यो। उनीहरूले न्यायाधीश नियुक्ति प्रक्रिया समावेशी नभएको भन्दै असहमति जनाएका थिए। यद्यपि, माओवादीको बहिष्कारका बाबजुद पनि संसदीय समितिले प्रस्तावित नामहरूलाई अनुमोदन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ