arrow

वारेन बफेट ६ अर्ब डलर दान गर्दैै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १६ सोमबार
warren-buffett.jpg

काठमाडौँ । अर्बपति लगानीकर्ता वारेन बफेटले सोमबार आफ्नो कम्पनी बर्कशायर ह्याथवेको ६ अर्ब डलरको शेयर पाँच फाउन्डेसनलाई दान गर्ने भएका छन् । उनले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।

बफेटले २००६ देखि यी फाउन्डेसनहरूलाई लगभग ६० बिलियन अमेरिकी डलरको शेयरहरू दान गरिसकेका छन् । बर्कशायर ह्याथवेसँग गेसियो, डायरी क्विन जस्ता धेरै कम्पनीहरू छन्। यस पटक बफेटले १२.४ मिलियन क्लास बी शेयरहरू दान गर्दै छन्, प्रत्येक शेयर ४८५.६८ को मूल्य हो ।

सबैभन्दा धेरै शेयर बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन ट्रस्टलाई दिइनेछ जसमा ९४ लाख शेयर दिइनेछ । सुसान थम्पसन बफेट फाउण्डेशनलाई ९,४३,३८४ शेयर र शेरवुड फाउन्डेसन, हावर्ड जी बफेट फाउण्डेशन र नोभो फाउन्डेसनले ९,४३,३८४ शेयर पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ