नहुनेलाई लुगा वितरण गर्दै कपडा बैङ्क, आठ सय परिवारले पाए आङ ढाक्न
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
753
Shares
काठमाडौँ । अति विपन्न, एकल, असहाय, बेसाहार, टुहुरा बालबालिकाहरूलाई लक्षित गरेर बैतडीमा कपडा बैङ्क सञ्चालन भएको एक वर्ष पुरा भएको छ । हुनेले दिने, नहुनेले लगेर जाने भन्ने परोपकारी कार्य गर्ने भन्ने मूल उद्देश्य राखेर मौसम अनुसारको लुगा वितरण, अन्य सामाजिक कार्य गर्ने हेतुले माया घर बैतडी द्वारा कपडा बैङ्क सञ्चालनमा आएको थियो ।
कपडा बैङ्क बैतडीबाट एक वर्षको अवधिमा ६१८ परिवारलाई लुगा वितरण गरिएको छ भने, १९२ परिवारलाई मेलौली शाखाबाट वितरण गरिएको छ । जम्मा ८०० परिवारलाई लुगा वितरण गरिएको कपडा बैङ्कका संयोजक महेश भट्टले बताए ।
बैङ्कले शिवस्थली मा.वि. जर्ग, वीरेन्द्र मा.बि.को छात्रावास बस्ने टुहुरा, असहाय विद्यार्थी, जगदम्बा मा.वि. हतरङ्गा, नागार्जुन आ.वि. सपराली, केदारेस्वर मा.वि. दुर्गास्थान, गङ्गेस्वर आ.वि. कोटिगाउका विद्यालयहरूले छनोट गरेका अति विपन्न विद्यार्थीहरूलाई लुगा वितरण गरिएको छ ।
यस सामाजिक कार्यमा व्यक्तिगत, संस्थागत रूपमा सहयोग पाइएको छ ।संस्थागत रूपमा सहयोग गर्ने मायाघर इटहरी, दृष्टि फाउन्डेसन धनगढी, राष्ट्रिय वाणिज्य बैङ्क बैतडी, धनगढी नेत्रालय, कपडा बैङ्क धनगढी, बाराकोट समाज काठमाडौँ, लायन्स क्लब धनगढी, प्रेस चौतारी बैतडी, सुदूरपश्चिम सङ्गिनी समूह काठमाडौँ, हेडस नेपाल, आमाको माया छात्रावासले लुगा दिएर सहयोग गरेका छन् ।
'व्यक्तिगत रूपमा सहयोग गर्ने मनकारी समाजसेवी व्यक्तित्व टेकराज पनेरु, नरेन्द्र प्रसाद अवस्थी, कलावती पाण्डेय, सुरेश पन्थी, कृष्ण सिंह पुजारा, राम सिंह ठगुन्ना, देवराज पाण्डेय, मोहन बहादुर चन्द, भिमकान्त शर्मा, अर्चना सिन्हा, हिमसिखा लेखक, राधा कुमारी बम, दशरथ खडायत, सुभद्रा प्याकुरेल, योगेश प्रसाद भट्ट, गङ्गा बिस्ट, शेर सिंह बिस्ट, आनन्द पौडेल, दशरथ भट्ट, डा. महावीर पुन, वीरेन्द्र राज पाण्डेय, ललिला भट्ट, फगेस्वरी पनेरु, राधा ओझा, कैलाश चन्द, नरेन्द्र/ पुष्पा चन्द, गणेश ठगुराठी, दीपक गिरि, पार्वती भट्ट, माया प्रकाश भट्ट, विष्णुप्रसाद भट्ट, पदमराज भट्ट, मोहित पाण्डेय, कृष्ण देव भट्ट, देव दत्त कलौनी, अधिवक्ता नन्दलाल चटौत, शेर बहादुर चन्द, तरुन सिंह बोहरा, नवराज कलौनी, चतुर बहादुर चन्द, नारी बडू, बिस्ना चन्द, नन्दा भट्ट, देवकी भट्ट, चेतराज पाण्डेय, वीर बहादुर चन्द, सुनिता भट्ट, सानू भण्डारी, वीरेन्द्र पाण्डेय, सुमित्रा चन्द, सुनिता भण्डारी, दीपक लामा, उषा गुरुङ, नवीन चन्द, माया बिस्ट बोहरा, उद्धव मार्कण्ड, श्याम सिंह मौनी, आशिष माल, विनोद भट्ट, रमेश पन्त लगायतले लुगा सहयोग गर्नु भएको छ ।' संयोजक भट्टले भने ।
त्यसैगरी शाखा मेलौलीमा सहयोग गर्ने मनकारी समाजसेवी देव दत्त कलौनी, सरस्वती कलौनी, वीरेन्द्र नेगि, प्रेम बहादुर चन्द, राधा ओझा, भागरथी चन्द, सिर्जना भण्डारी, मिना भट्ट, धनञ्जय भट्टले सहयोग गरेका छन् । एक वर्षको अवधिमा मेलौलिमा साखामा निःशुल्क रूपमा कोठा उपलब्ध गराएर गणेश भट्ट स्वयम समाज सेवामा लागेका छन् । अभियानलाई निरन्तर सञ्चालनमा सहयोग गर्दै आएका युवा समाजसेवी दिनेश पाण्डेय, बिबेकानन्द पाण्डेय, मोहित भण्डारी, उद्धव मार्कण्ड सन्तोष राना, तेजबहादुर चन्द यातायात व्यवसायीको पनि ठुलो सहयोग रहेको छ । यता घरभाडा पनि संयोजक भट्टले व्यक्तिगत रूपमा बेहोर्दै आइरहेका छन्।