अमरगढीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते
हाम्रा कुरा
प्रकाशित २०८३ साउन २ शनिबार
479
Shares
अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
धनगढीदेखि दार्चुला जाँदै गरेकोे सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जीप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।
मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र सोही ठाउँका २० वर्षीय हुम लोथ्याल छन् । जीप करिब ५०० मिटर तल खसेको थियो । जीपमा सवार तीन जना घाइते भएका छन् ।
घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।