बाह्र देशका कलाकारका कला प्रदर्शनी आर्ट काउन्सिलमा
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १३ आइतबार
1.6k
Shares
तस्बिर – कलाकार प्रतिभा पोखरेल ।
काठमाडौँ । काठमाडौँको बबरमहलस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नेपाल आर्ट काउन्सिल) मा १२ देशका एक सय उन्नाइस कलाकरहरुको कला प्रदर्शनी भएको छ ।
सो कला प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश, बेलायत, क्यानाडा, फ्रान्स, अमेरिका, मेक्सिको, इन्डोनेसिया, मलेसिया, उज्बेकिस्तान, पोल्याण्ड, जापान र अर्जेन्टिनाका कलाकारहरुका कला प्रदर्शनीमा राखिएको छ ।
तीन दिने उक्त कला प्रदर्शनी माघ ११ गते शुरु भएको थियो । कला प्रदर्शनीमा नेपालका ७८ कलाकार, बंगलादेशका २५ तथा अन्य देशका कलाकारहरुका चित्रकला, मूर्तिकला र कागज सिल्पकला राखिएका हो । सो कला प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनका कुलपति नारदमणि हार्तमछालीले गरेका थिए ।
सो प्रदर्शनीका अन्य अतिथिहरुमा ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य तथा चित्रकला विभाग प्रमुख सञ्जय राई वान्तवा, कृषि, ग्रामीण विकास तथा सार्क विकास कोषका नियन्त्रक जमाल उद्दिन एहमद, बंगलादेशको नेपालस्थित दूतावासका चार्ज अफेयर्स मोहमद हुमायु कविर, विमान बंगलादेश एयरलाइन्सका काठमाडौंस्थित राष्ट्रिय प्रबन्धक (कन्ट्री म्यानेजर) एएफएम अनि सुर रेहमान रहेका थिए ।
सो कला प्रशर्दनीका क्रममा माघ १२ गते ठमेल कटेज तथा केनेडियन पबमा चित्रकलासम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत भएको थियो । त्यसका साथै सरोज सुनारले अन्तरक्रिया कार्यक्रमस्थलमै फलामका मूर्ति कुँदेर देखाएका थिए ।
प्रदर्शनीमा मिथिला चित्रकला, छवालीकला, थांका, अमूर्तकला, शास्त्रीय कला तथा विभिन्न अवस्था जनाउने मूर्तिकला तथा कागज सिल्पकला प्रदर्शनीमा राखिएको छ ।
सो प्रदर्शनीमा प्रतिभा पोखरेलको कागज सिल्पकला (ओरिगामी) र मार्क स्टेफन रेफ्टरको कागज मूर्तिकलाले नयाँ स्वरुप दिएको छ ।
ठूलो संख्यामा विभिन्न देशका कलाकारहरु एक ठाउँमा जम्मा हुने अवसरले ती देशबीच सांस्कृतिक तथा आत्मिक निकटता जोडिन तथा आदान प्रदान गर्न र कलाको शक्ति प्रस्फुटन हुन सहयोग पुग्ने कलाकारहरुले बताएका छन् ।