arrow

एउटै भैँसीको मुल्य १६ करोड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २५ शनिबार
bufallow-16crore.jpg

नयाँदिल्ली । करोडौंको कार वा बंगलाको बारेमा तपाईले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैया (नेपाली १६ करोड बढी) को भैँसीको बारेमा सायदै थाहा होला ।

एउटा भैँसीको यति धेरै मूल्य पर्छ भनेर पत्याउन पनि तपाई हिच्किचाउनुहुन्छ तर वास्तवमा भारतमा एक ब्यक्तिसँग एउटा यस्तो भैसी छ, जसको मूल्य करोडौं तोकिएको छ । 

उत्तर प्रदेशको मुजफ्फरनगरमा आयोजित कृषि तथा पशु मेलामा घोलु–२ नामको त्यो भैँसी ल्याइएको थियो । ५ फिट ७ इन्चको यो भैँसीको तौल १६ क्विन्टल रहेको छ । उनका मालिकले त्यो भैँसीको मुल्य १० करोड भारु राखेका छन् । जसकाकारण अहिले यो भैँसीको मूल्यसहित यसको शारीरिक बनावटको पनि चर्चा परिचर्चा हुन थालेको छ । त्यो भैँसी देखेर पनि मानिसहरु छक्क परेका छन् ।

घोलु–२ का मालिक हरियाणाको पानीपतका नरेन्द्र सिंह हुन् । उनी त्यो भैँसी लिएर मुजफ्फरनगरमा आयोजना गरिएको कृषि तथा पशु मेलामा पुगे पछि चर्चा परिचर्चा देशैभरी शुरू भएको हो ।

घोलु–२ को मात्रै होइन, त्यसबाट जन्मेकादेखि हजुरबुबासम्मको पनि मूल्य करोडौं तोकिएको छ । घोलु–२ को आमाको नाम रानी हो भने ​​बाबुको नाम पीसी ४८३ र हजुरबुबाको नाम घोलु हो । हालै मुजफ्फरनगरमा ल्याइएको घोलु–२ का हजुरबुबा घोलुले भने विगत ११ वर्षदेखि राष्ट्रिय च्याम्पियन बनिरहेको छ ।

सोही क्रममा हालै मार्च १३ मा हरियाणाको दादरीमा भएको राज्य शोमा घोलु २ ले पनि ५ लाख रुपैयाँको उत्कृष्ट पशुको उपाधि जितिसकेको छ, त्यसपछि त्यसलाइ मुजफ्फरनगरमा ल्याइएको हो । 

घोलु–२ ले दिनमा ३० किलो हरियो सुख्खा घाँस र १० किलो चना खाने गरेको त्यसका मालिक नरेन्द्र सिंहले बताए । उनका अनुसार यसको खानपानमा मात्रै मासिक ३० हजार रुपैयाँ खर्च हुन्छ । तर, घोलु–२ का परिवारले उनका मालिकलाई भने ३० देखि ४० करोडको आम्दानी दिने गरेका छन् । 

आजतकका अनुसार त्यसैले त घोलुका परिवारलाई नुहाउनको लागि स्विमिङ पुल नै बनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ