arrow

समितिमा गृहमन्त्री

नागरिकता विधेयक असार १४ गते प्रतिनिधि सभाबाट पारित हुन्छ - गृहमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
lekhak-ramesj.jpg

काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक आगामी असार १४ गते प्रतिनिधि सभाबाट पारित हुने बताएका छन्। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो जानकारी गराएका हुन्।

गृहमन्त्री लेखकले विधेयक छिटो पारित गर्नुपर्ने र यसलाई अड्काएर राख्न नहुनेमा जोड दिए। उनले सरकार सबै विषयमा छलफल गर्न तयार रहेको बताए। नागरिकतासम्बन्धी विधेयक समितिले छोटो समयमा छलफल गरेर टुंगोमा पुर्‍याएको स्मरण गराउँदै उनले असार १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने जानकारी दिए।

गृहमन्त्री लेखकले भने, "विधेयक चाँडो गरौँ। सरकार सबै विषयमा कन्टेन्टहरूमा छलफल गर्न तयार छ। छिटो छलफल गरेर यसलाई टुंग्याऔँ। योभन्दा पहिला हाम्रो मन्त्रालयबाट नेपाल नागरिकता ऐन संशोधनको विषय आयो। त्यसमा पनि यही निवेदन गरेको थिएँ, चाँडो टुंग्याइदिऔँ भनेर। समितिले छोटो समयमा छलफल गरेर यो विधेयक यो समितिबाट टुंगोमा पुगेको छ। मैले पाएको जानकारीअनुसार १४ गते सम्मानित प्रतिनिधि सभामा पेस हुँदैछ। त्यसलाई १४ गते पास गर्छौं। चाँडोभन्दा चाँडो नागरिकताको विषयलाई पनि टुंग्याऔँ।"

उनले सम्भव भए नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेस गर्ने वातावरण बनाइदिन आग्रह गरे।

समितिमा आज नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ। गृहमन्त्री लेखकले यो विधेयक पनि सरकारको प्राथमिकतामा रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ