arrow

टेष्टमा पहिलो पटक पाँच शतक बनाएर पनि भारतको हार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
intia-test-25-6-24-getty.jpg
तस्बिर – गेट्टि इमेजेज ।

काठमाडौँ । टेष्ट क्रिकेटको इतिहासमा भारतले पहिलो पटक एउटै खेलमा पाँच ओटा शतक बनाएर पनि हार बेहोरेको छ । भारतलाई इङ्गल्याण्डले एन्डरसन–तेन्दुलकर ट्रफीको पहिलो टेष्टमा ५ विकेटले पराजित गरेको हो । 

लिड्सको हेडिंग्ले क्रिकेट मैदानमा इङ्गल्याण्डले ३७१ रनको चुनौती ५ विकेट गुमाएर पूरा गरेको हो । 

मंगलबार खेलको अन्तिम दिन बिना कुनै विकेट २१ रनबाट अगाडि खेलेको इङ्गल्याण्डले ५ विकेट गुमाएर सहजै जित निकाल्यो । बेन डकेडले दोस्रो इनिङ्समा भारतविरुद्ध पहिलो पटक सर्वाधिक १४९ रन बनाउने इङ्गलिश खेलाडीको नाम लेखाए । उनले पहिलो इनिङ्समा ६२ रन जोडेका थिए । 

अर्का ओपनर जाक क्रलीले ६५ तथा जो रुटले अविजित रहँदै ५३ रन जोडे । भारतका लागि शार्दुल ठाकुर र प्रसिद्ध कृष्णले समान २ विकेट लिए । 

भारतले पहिलो इनिङ्समा तीन खेलाडीको शतकको मद्धतले ४७१ रन बनाएको थियो । कप्तान शुबमन गिलले १४७ (टेष्ट कप्तानी सम्हालेको पहिलो खेलमै शतक), ऋषभ पन्तले १३४ तथा यशस्वि जैसवालले १०१ रन बनाए । 

जोश टंग र बेन स्टोक्सले ४–४ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले ४६५ रन बनायो । ओले पोपले १०६ तथा ह्यारि ब्रकुले ९९ रन बनाए । 

भारतका जसप्रित बुमराहले ५, प्रसिद्ध कृष्णले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए । 

जवाफमा भारतले ३६४ रन बनायो । केएल राहुलले १३७ तथा ऋषभ पन्तले ११८ (लगातार दुवै इनिङ्समा शतक बनाउने पहिलो भारतीय विकेट किपर, सबैभन्दा बढी ८ शतक बनाउने भारतीय विकेट किपर) रन बनाए । 

ब्रेडन कार्स र जोश टंगले ३–३ तथा शोएब बशिरले २ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले ५ विकेटको जित हासिल गर्दै पाँच खेलको टेष्टमा १–० को अग्रता लिएको छ । दोस्रो खेल आगामी बुधबार २ जुलाईमा बर्मिङ्घममा हुनेछ । 

पाँच शतक लगाएर पनि हार बेहोर्ने भारत दोस्रो टिम हो । यसअघि सन् १९२८–२९ मा अष्ट्रेलिया इङ्गल्याण्डसँग घरेलु मैदान मेलबर्नमा पराजित भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ