arrow

प्रतिनिधि सभा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट असन्तुलित र पक्षपातपूर्ण : माओवादी सचेतक पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
hitraj-pandeys.jpg

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले बजेट असन्तुलित, पक्षपातपूर्ण र रणनीतिक रूपमा बालबालिका तथा ज्येष्ठ नागरिकका विषयहरूलाई नसमेटिएको टिप्पणी गरे।

सांसद पाण्डेले बालबालिका राष्ट्रका कर्णधार भएको उल्लेख गर्दै बजेटमा उनीहरूको शिक्षा, संस्कार र सीपमा केन्द्रित कार्यक्रमहरूको अभाव रहेको बताए। उनले भने, "बालबालिकाहरू यो देशका कर्णधारहरू हुन्। हामीले हाम्रा बालबालिकाहरूलाई कसरी शिक्षा दिन्छौँ? कुन संस्कार र सीप सिकाउँछौँ? त्यसका आधारमा नै हाम्रो भावी देश अगाडि बढ्ने हो।"

पाण्डेले सदियौँदेखि पछि पारिएका महिला वर्गप्रति समेत मन्त्रालयको बजेटले न्याय नगरेको जिकिर गरे। उनले केही सामन्ती संस्कारहरूले महिलाहरूलाई पछाडि पारेको भन्दै मन्त्रालयको विनियोजन सन्तुलित नभएको र यसले रणनीतिक उद्देश्य पूरा गर्ने खालका कार्यक्रमहरू ल्याउन नसकेको आरोप लगाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ