arrow

भिजिट भिसा प्रकरण

छानबिन समिति गठनका लागि एक महिना कुर्न नहुने सांसद मोदीको भनाइ [भिडियो]

गृह प्रशासनका विकृतिमाथि पनि छानबिनको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ७ शनिबार
anmollal.jpg

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेकाले यस विषयमा एक महिना कुर्न नहुने बताए।

सांसद मोदीले गृहमन्त्रीमाथि लागेको आरोपबारे अनुसन्धान गर्नका लागि तत्काल छानबिन समिति बनाएमा संसद सुचारु गर्न पनि सहज हुने बताए। उनले भने, "गृहमन्त्रीज्यूको बारेमा गम्भीर प्रश्न उठेको छ। यसमा भिजिट भिसाको सम्बन्धमा आज देखिरहनुभएको छ। सरुवा, बढुवा प्रणालीमा पनि जुनियरलाई सिनियर र सिनियरलाई जुनियर भन्ने गरिएको छ। यी सबै विषयहरूमा कमसेकम यो संसदले एउटा छानबिन समिति बनाउनुपर्छ।"

गृहमन्त्रीले एक महिनाभित्र समिति बनाउने बताए पनि त्यो अवधिसम्म कुर्न नहुने मोदीको भनाइ छ। "एक महिना किन पर्खिने, चाँडै गरिदिए एउटा निकास पनि हुन्छ। तपाईंमा लागेको, गृह मन्त्रालय, भिजिट भिसामा देखिएको समस्याहरूको बारेमा समाधान हुन्छ," उनले थपे।

सांसद मोदीले भिजिट भिसा प्रकरण मात्र नभई गृह प्रशासनसँग सम्बन्धित अन्य विकृतिहरूको पनि अनुसन्धान गर्न छानबिन समिति बनाउनुपर्ने माग गरे। उनले गृह प्रशासनसँग सम्बन्धित विकृति र विसंगतिलाई अन्त्य गर्न पनि सोही मोडेलबाट जानुपर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ