arrow

ज्ञानेन्द्र शाहीलाई वर्षमानको जवाफ - स्टन्ट गरेर राजनीति चल्दैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
barsaman-03-01.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सस्तो लोकप्रियताका लागि 'स्टन्ट' गरेर राजनीति नचल्ने बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्रमाथि लगाएका आरोपहरूका बारेमा सोधिएको प्रश्नमा यस्तो बताएका हुन्। पुनले प्रमुख सचेतक शाहीलाई 'हावादारी कुरा गर्ने व्यक्ति' भएको बताउँदै वाहियात, तर्कहीन कुरा र हावादारी कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताए।

उपमहासचिव पुनले भने, "ज्ञानेन्द्र शाहीजीलाई म व्यक्तिगत रूपले सम्मान गर्दछु। तर प्रवृत्तिगत रूपले उहाँसँग हाम्रो सहमति छैन। विगतमा प्रधानमन्त्रीसँग टिआरसीको बारेमा छलफल भयो, त्यसैदिन कुलमानलाई हटाउनुभयो। त्यसैदिन कुलमान साट्यो भन्नुभयो। यस्ता वाहियात, तर्कहीन कुरा, हावादारी कुरा गरेर कहीँ पनि पुगिँदैन।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ