नेतृत्वविहीन हुँदा रास्वपा अल्मलिएको छ - योगेश भट्टराई [भिडियो]
निलम्बित सांसदलाई दलको नेता बनाइराख्नु दुर्भाग्यपूर्ण
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
814
Shares
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वविहीन हुँदा अल्मलिएको बताएका छन्। उनले रास्वपालाई 'बादलभित्र उडिरहेको काग' जस्तो उद्देश्य र गन्तव्यविहीन अवस्थामा रहेको टिप्पणीसमेत गरेका छन्।
संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन्। उनले रास्वपा एउटा उदयमान पार्टी भएको र आफूहरूले पनि सम्मान गरेको उल्लेख गरे। तर, संसदभित्र रास्वपाको गतिविधि भने नेतृत्वविहीन हुँदाको अवस्था रहेको उनको भनाइ छ। पार्टी नेतृत्वविहीन हुँदा अन्योलमा रहेको स्पष्ट भएको संसदीय घटनाक्रमले देखाएको उनले बताए।
सचिव भट्टराईले भने, "रास्वपा एउटा उदयमान पार्टीको रूपमा आएको छ। हामीले उहाँहरूलाई सम्मान गरेका छौँ। युवा साथीहरू हुनुहुन्छ, पढेलेखेको हुनुहुन्छ। अस्तिको घटना र आजको पनि घटनाले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा छ। रास्वपा नेतृत्वविहीन छ। जब पार्टी नेतृत्वविहीन हुन्छ, त्यो अन्योलमा पर्छ। रास्वपा अहिले बादलभित्र उडिरहेको काग जस्तो छ। उद्देश्य र गन्तव्यविहीन अवस्थामा उहाँहरू अवरोधमा सामेल हुनुहुन्छ।"
उनले सांसद पद निलम्बनपछि पार्टी प्रमुखको हैसियतले औपचारिक रूपमा कुनै पनि कार्यक्रममा भाग लिन नपाउने भए पनि पार्टीले दलको नेता वा पदबाट नहटाउने गरेको भन्दै यो दुर्भाग्यपूर्ण रहेको सङ्केत गरे ।