arrow

भिजिट भिसा प्रकरण

माओवादीले आजबाट सदन अवरोध नगर्ने, रास्वपाको अडानप्रति विमति नराख्ने [भिडियो]

हस्ताक्षरपछि सदन खुल्नेछ, रास्वपासँग आफूहरूको मूलभूतरूपमा कुनै फरक नरहेको

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
prachanda-30.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आजबाट संसदको अवरोध हट्ने बताएका छन्। शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो जानकारी गराएका हुन्।

लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरुद्ध पार्दै आएका थिए। तर, आज शुक्रवारबाट भने प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध नगर्ने बताएको छ।

अध्यक्ष दाहालका अनुसार, हस्ताक्षरको अन्तिम तयारी भइरहेको छ र हस्ताक्षरपछि सदन खुल्नेछ। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आफूहरूको मूलभूतरूपमा कुनै फरक नरहेको स्पष्ट पारे। रास्वपाले आफ्ना अडानका कारण केही समय विरोध गरेरै जान सक्ने भए पनि, माओवादी केन्द्रको उनीहरूप्रति कुनै विमति वा आरोप–प्रत्यारोप नरहने उनले उल्लेख गरे।

"हस्ताक्षरको अन्तिम तयारी हुँदैछ," अध्यक्ष दाहालले भने, "हस्ताक्षर हुन्छ, हाउस खुल्छ। रास्वपासँग हाम्रो मूलभूतरूपमा केही फरक छैन। तर उहाँहरूका केही अडानका कारणले केही समय उहाँहरू आफ्नो ढंगले जानुहुन्छ। तर हाम्रो विमति र आरोप–प्रत्यारोप हुँदैन।"

यसरी, अध्यक्ष दाहालले रास्वपाको अडानप्रति आफूहरूको विमति र आरोप नहुने स्पष्ट पारेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ