वल्ड टेष्ट च्याम्पियनशिपमा बलर हावी, अष्ट्रेलिया भन्दा दक्षिण अफ्रिका कमजोर
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
554
Shares
काठमाडौँ । आईसीसी वल्ड टेष्ट च्याम्पियनशिप क्रिकेटको फाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिडिरहेका छन् । दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो भने भारत पहिलो पटक बाहिरिँदै तेस्रो बनेको थियो ।
अष्ट्रेलिया र न्यूजिल्याण्डले एक एक पटक उपाधि जितेका छन् । भारत दुई पटक फाइनलमा पराजित भएको थियो । बेलायतको लण्डनस्थित लर्डस्को मैदानमा बुधबारदेखि शुरु भएको फाइनलको पहिलो दिन पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ५६.४ ओभरमात्र क्रिजमा टिकेर २१२ रनमै अलआउट भयो ।
बेउ वेबस्टेरले ७२ तथा स्टेभेन स्मिथले ६६ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा कागिसो रबाडाले ५ तथा मार्को जासेनले ३ विकेट लिए ।
जवाफमा दक्षिण अफ्रिकाले पनि खराब ब्याटिङ शुरुआत गरेको छ । पहिलो दिनको समाप्तिसम्म दक्षिण अफ्रिकाले २२ ओभर खेल्दा ४ विकेट गुमाएर ४३ रनमात्र जोडेको छ ।
मिचेल स्टार्चले २ तथा जोश हाज्लेवुड र पाट कमिन्सले १–१ विकेट लिएका छन् । दक्षिण अफ्रिका अझै १६९ रनले पछाडि छ ।
दक्षिण अफ्रिकाले अहिलेसम्म कुनै पनि ठूलो उपाधि जित्न सकेको छैन ।