arrow

संसद झगडामा मात्रै सीमित, जनसरोकारका मुद्दामा केन्द्रित भएन -चन्द्र भण्डारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
chandra-bhandari-3s.jpg

काठमाडौं।  नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले संसद गम्भीर र जनसरोकारका मुद्दामा केन्द्रित नभएको टिप्पणी गरेका छन्।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद भण्डारीले संसद मुलुक र जनताको मुद्दाभन्दा 'उरान्ठेउला कुरामा झगडा गर्नमा' सीमित रहेको बताए। उनले संसद जनताका मुद्दाबाट विमुख भएकै कारण नेपालको राजनीतिक संस्कार नै अनैतिक जस्तो भएको टिप्पणी गरे।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि आरोप लगाउँदैमा राजीनामा दिन नहुने भण्डारीको भनाइ थियो। उनले कुनै पनि व्यक्तिमाथि आरोप लगाइसकेपछि त्यसलाई प्रमाणित गर्नुपर्ने दायित्व सम्बन्धित मिडिया र व्यक्तिमै निहित हुने धारणा राखे।

भण्डारीले भने, "हामीले कस्ता कुरा संसदमा उठाउने, कस्ता कुरालाई संसदमा महत्त्व दिने भन्ने कुरा नै हामीसँग भएन। हाम्रो संसद त मुलुकको र जनताको विषयभन्दा उरान्ठेउला कुरामा झगडा गर्नमा रह्यो। त्यसकारण नेपालको राजनीतिक संस्कार नै अनैतिक जस्तो भयो भन्ने कुरा मलाई लाग्छ। कुनै पनि केस प्रमाणित हुनुपर्छ। कुनै मिडिया र व्यक्तिले आरोप लगायो वा प्रश्न उठायो भने त्यो प्रश्नलाई प्रमाणित गर्नुपर्छ। जस्टिफाई नगरीकन हामीले कुरा उठाउनु हुँदैन जुन अहिलेसम्म देखिएको छ।"

डा. भण्डारीले संसदको गरिमा जोगाउन सबै दल जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ