काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा मंगलबार पहिरो गएको छ । मंगलबार नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा रोकिएको छ ।
कारोबारमा पनि कमी आएको छ । ६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ । सोमबार नौ अर्ब २२ करोड ६३ लाख रुपैयाँको कारोबार भएको थियो ।
३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीकोघटेको छ ।