arrow

बजेट पारित गर्न विपक्षी दलको साथ रहने कांग्रेसको विश्वास [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
shayam-ghimirey-16.jpg

काठमाडौं । नेपाली कांग्रेसले संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई पारित गर्न विपक्षी दलहरूले सहजीकरण गर्ने विश्वास व्यक्त गरेको छ।

शुक्रबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो बताएका हुन्। उनले बिहीबारको संसद बैठकमा बजेट प्रस्तुतिलाई सहजीकरण गरेको भन्दै प्रतिपक्षी दलहरूलाई धन्यवाद दिए।

घिमिरेले जेठ १५ मा बजेट ल्याउने संवैधानिक दायित्व पूरा गर्न प्रतिपक्षी दलहरूले जिम्मेवारीबोध गरी सहजीकरण गरेको जिकिर गरे। उनले भने, "प्रतिपक्षीलाई धन्यवाद छ, हिजोको बजेट प्रस्तुतिलाई सहजीकरण गर्नुभयो। जेठ १५ मा बजेट ल्याउने जुन संवैधानिक दायित्व थियो, उक्त संवैधानिक दायित्व पूरा गर्ने कुरामा उहाँहरूले आफ्नो जिम्मेवारी बोध गरेर सहजीकरण गर्नुभयो। त्यसको लागि धन्यवाद छ।"

उनले बजेट पारित गर्नुपर्ने विषय पनि संवैधानिक दायित्वभित्रै पर्ने भएकाले विपक्षी दलहरूले बजेटको सत्रलाई अगाडि बढाउने कुरामा सहजीकरण गर्ने र त्यसका लागि वातावरण निर्माण गर्नेमा आफूहरूले विश्वास लिएको बताए।

प्रधानमन्त्री घिमिरेले सभामुख घिमिरेको नेतृत्वमा बसेको बैठक संसदको कार्यतालिका (क्यालेन्डर) बनाउने विषयमा केन्द्रित रहेको जानकारी दिए। उनले बजेटमाथि छलफल र विनियोजित विधेयकमाथिको छलफललाई लिएर कार्यतालिका बनाउने विषयमा मोटामोटी सहमति भएको समेत बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ