arrow

आर्थिक वर्ष २०८२/०८३ को बजेट 

पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड बजेट विनियोजन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
ministry-culture-tourism-civil-aviation.jpg

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यो जानकारी दिए।

अर्थमन्त्री पौडेलले होटल, रेस्टुरेन्ट, जंगल सफारी लगायतका पर्यटन व्यवसायमा कार्यरत श्रमिकहरूलाई सेवा शुल्कको माध्यमबाट प्रोत्साहन गर्न कानुनी व्यवस्था गरिने बताए।

उनले सगरमाथा, पशुपति, लुम्बिनी, जनकपुरधाम, मुक्तिनाथ, स्वर्गद्वारी, रारा, खप्तड लगायतका प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्य स्थलहरूमा पूर्वाधार विकास गरिने जानकारी दिए। लुम्बिनी क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धन गर्न बृहत् लुम्बिनी गुरुयोजना तयार गरी कार्यान्वयनमा लैजाने पनि उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ