गृहमन्त्री लेखकको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
554
Shares
काठमाडौँ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै मङ्गलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ।
अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा सङ्घ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा सङ्गठन लगायतका विद्यार्थी तथा युवा सङ्गठनहरूले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन्।
प्रदर्शनकारीहरूले 'मानव तस्कर सरकार मुर्दावाद', 'नालायक गृहमन्त्री राजीनामा दे', 'गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक २ खर्ब' जस्ता प्लेकार्डहरू बोकेर प्रदर्शन गरेका थिए।