arrow

नेप्से परिसूचकमा सामान्य गिरावट, सात अर्ब ५८ करोडको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक ५.२१ अङ्कले घटेर २ हजार ६७४.७६ को विन्दुमा कायम भएको छ।

आज कुल ३३७ कम्पनीको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता शेयर ६९ हजार ६५१ पटक खरिदबिक्री हुँदा ७ अर्ब ५८ करोड ५० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा बैङ्किङ समूह ०.१७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.७९ प्रतिशतले बढेका छन् भने अन्य सबै समूहको उपसूचक घटेको छ। विकास बैङ्क ०.२७, वित्त ०.१२, होटल तथा पर्यटन ०.९१, जलविद्युत् ०.०६ र लगानी समूह ०.१५ प्रतिशतले घटेका छन्। त्यस्तै, जीवन बीमा ०.२०, लघुवित्त १.५०, म्युचुअल फन्ड ०.०८, निर्जीवन बीमा ०.३२, व्यापार ०.१३ र अन्य समूह ०.४८ प्रतिशतले घटेको छ।

आज ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ। सर्वाधिक घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको ६४ करोड ३१ लाख ५० हजार ९०० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको १४ लाख ८९ हजार ३०२ कित्ता शेयर खरिदबिक्री भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ