arrow

शुबमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान, आम्दानी सात करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
shubman-gill-2025.jpg

नयाँदिल्ली । ब्याट्सम्यान शुबमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान बनेका छन् । ऋषभ पन्त उपकप्तानमा चयन भएका छन् । 

शनिबार मुम्बईमा भएको बैठकमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले यो घोषणा गरेको हो । साथै इङ्गल्याण्ड भ्रमणका लागि १८ सदस्यीय टोलीको पनि घोषणा गरिएको छ । भारतले जुन २० तारिखबाट शुरु हुने इङ्गल्याण्ड भ्रमणमा ५ टेस्ट खेल्नेछ ।

विराट कोहली र रोहित शर्माको संन्यासपछि साई सुदर्शन र करुण नायर टोलीमा परेका छन् । शार्दुल ठाकुर टोलीमा फर्किएका छन् ।

जसअनुसार भारतीय टोलीमा शुबमन गिल (कप्तान), ऋषभ पन्त (विकेटकिपर, उपकप्तान), यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिश रेड्डी, रविन्द्र जडेजा, ध्रुव जुरेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, कृष्णा जडेजा, अर्शदीप सिंह र कुलदीप यादव रहेका छन् ।

आम्दानी सात करोड
शुबमन गिललाई बीसीसीआईले ठूलो जिम्मेवारी दिएसँगै उनको आम्दानी पनि बढ्ने भएको छ । उनले इङ्गल्याण्ड भ्रमणका लागि भारतको नेतृत्व सम्हाल्ने छन् । जहाँ दुई टोलीबीच ५ वटा टेस्ट खेल हुनेछन् ।

विश्व टेस्ट च्याम्पियनशिप २०२५–२७ चक्र यस शृङ्खलाबाट शुरु हुनेछ। यस्तो अवस्थामा जिम्मेवारीसँगै शुबमन गिलको आम्दानी पनि बढ्ने् जनाइएको छ । उनलाई बीसीसीआईले विशेष उपहार पनि दिन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

गिल हाल बीसीसीआईको केन्द्रीय सम्झौताको ए ग्रेड सूचीमा पर्ने देखिएका छन् । किनभने आगामी केन्द्रीय सम्झौता अनुसार उनले बढुवा पाउने लगभग पक्का देखिएको छ । गिलको कप्तानी र लगातार प्रदर्शनलाई ध्यानमा राख्दै उनलाई बीसीसीआई केन्द्रीय अनुबन्धमा ए ग्रेडमा बढुवा गर्न सक्ने भएको हो ।
ए ग्रेडमा नपर्ने कप्तान हुनै सक्दैन । यदि यस्तो भयो भने उनले वार्षिक रूपमा ७ करोड भारतीय रुपैयाँ पाउनेछन्, जुन उनको करियरको लागि ठूलो इनाम हुनेछ ।

हाल उनले बीसीसीआईबाट वार्षिक ५ करोड रुपैयाँ पाइरहेका छन् । तर टेस्ट कप्तान बनेपछि उनको थप जिम्मेवारी र महत्व बढेको छ ।

खासमा ए प्लस ग्रेडमा समावेश भएका खेलाडीहरूले वार्षिक ७ करोड रुपैयाँ पाउँछन् र यो ग्रेड सामान्यतया ती खेलाडीहरूको लागि आरक्षित हुन्छ, जसले सबै ढाँचामा नियमित खेल्न सक्छन् वा टोलीमा असाधारण योगदान दिन सक्छन् । 

हाल रोहित शर्मा, विराट कोहली, रविन्द्र जडेजा र जसप्रित बुमराह ए प्लस ग्रेडका खेलाडीको रूपमा रहेका छन् ।

तर रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले अब दुई ओटा फर्म्याट खेल्ने छैनन् । रोहित र विराटले टी–२० र टेष्ट छाडिसकेका छन् । 

यस्तो अवस्थामा आगामी केन्द्रीय सम्झौताका लागि यी खेलाडीको डिमोसन निश्चित छ । जसले गिललाई फाइदा पुग्ने विश्वास गरिएको छ ।

गिल २५ वर्षमै टेष्ट कप्तान बन्ने भारतका पाँचौँ खेलाडी हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ