विद्युत प्राधिकरणको नाफा–घाटाबारे तीनवटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
794
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफा–घाटा प्रकरणबारे तीनवटै पक्षलाई झिकाएर छलफल गर्न माग गरेका छन्।
बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा एउटा अडिट र अहिले हितेन्द्रदेव शाक्य आइसकेपछि अर्को अडिट गरिएको बताए। उनले समिति स्पष्ट हुनका लागि विद्युत प्राधिकरणका बहालवाला एमडी, पूर्वएमडी कुलमान घिसिङ र महालेखा परीक्षकलाई बोलाएर छलफल गर्न माग गरे।
सापकोटाले प्रतिपक्षले कुलमानको रक्षा गर्ने र सत्तापक्षले खेदो खन्ने कामको अन्त्य गर्न पनि छलफल गरी स्पष्ट हुन जरुरी रहेको बताए। उनले कुलमान दोषी भए कानूनअनुसार कारबाही गर्नुपर्ने पनि बताए। "कुलमानजीको गल्ती रहेछ भने नेपालको कानूनले कसैलाई छोड्ने कुरा आउँदैन," उनले भने। राम्रो गरेको जति राम्रो र नराम्रो गरेको भए नराम्रो भन्नुपर्नेमा उनले जोड दिए।