arrow

पूर्वाधार विकास समिति

ऊर्जामन्त्री भन्छन्- लोडसेडिङको हल्ला सामाजिक सञ्जालको मात्रै हो, यथार्थमा छैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
deepak-khadka-07.jpg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङको हल्ला सामाजिक सञ्जालको मात्रै उपज भएको र यथार्थमा त्यस्तो अवस्था नरहेको बताएका छन्। बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले बजारमा आएका हल्ला सस्तो लोकप्रियताका लागि आएको दाबी गरे।

उनले मर्मतसम्भारका लागि बाहेक अन्य कुनै पनि बहानामा लोडसेडिङ नहुने स्पष्ट पारे। बेलाबेलामा हुने विद्युत विच्छेद आज मात्रै नभई विगतका वर्षहरूमा पनि भएको उनले उल्लेख गरे। उनले गत वर्षमा पनि विभिन्न पटक गरी ७०० घण्टासम्म विद्युत आपूर्तिमा समस्या आएको दाबी गरे। हावाहुरी, ठूला पोल ढलेका कारण वा मानवीय त्रुटिका कारण पनि विद्युत आपूर्तिमा समस्या आउने गरेको उनले बताए। मर्मतको समयमा हुने विच्छेद बाहेक लोडसेडिङको अवस्था नरहेको र आगामी वर्षहरूमा झनै नहुने उनको दाबी थियो।

मन्त्री खड्काले भने, "बजारमा केही चर्चा भएको छ। हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्‍यौँ। आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ। अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ। तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ। हामीलाई विद्युत पुगेर, उब्रिएर, निर्यात गरेका छौँ। लोडसेडिङको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो।" उनले मुलुकको भविष्य विद्युत क्षेत्रमा रहेको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ