arrow

प्रतिनिधि सभा

विकासको प्रतिफल सीमान्तकृतसम्म पुग्ने बजेट ल्याउनुपर्छ: एनपी साउद [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
np-saud-02-04.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारलाई विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्ने गरी बजेट निर्माण गर्न आग्रह गरेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले हरेक वर्ष बजेट आउने गरेको र यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा रहेको बताए। नेपालमा असन्तुलित विकास र प्रभावशालीहरूले बजेटमा हालीमुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको उल्लेख गर्दै उनले शहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजविहीनहरूको हितको अन्तरविरोधलाई अनुभवी अर्थमन्त्रीले कसरी संयोजन र सम्बोधन गर्छन् भनी प्रश्न गरे।

सांसद साउदले भने, ‘हरेक वर्ष बजेट आउने गरेको छ। यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा आएका छौं। बजेटको सिद्धान्त र प्राथमिकता सरकारले नै निर्धारण गरेको होला। नीति तथा कार्यक्रममा छलफल भएको छ। नेपालमा असन्तुलित विकास र प्रभावशालीहरूले बजेटमा हालीमुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको छ। शहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजविहीनहरूको हितको अन्तरविरोधलाई अनुभवी अर्थमन्त्रीले संयोजन र सम्बोधन कसरी गर्नुहुन्छ? भोलिको परिदृश्यले देखाउनेछ। विकासको सूचकाङ्कले गाउँ बस्ती पछाडि पारेको, दुर्गम बस्ती उजाड हुँदै गएको र देशका पछाडि परेका सुदूरपश्चिम र कर्णाली र मधेस प्रदेश विकासमा उपेक्षित हुँदै गएको कुरा विगतका बजेटहरूले देखाएका छन्। विगतमा भएका अनुभव र विद्रोहबाट पाठ सिक्दै सामाजिक न्याय र विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्ने गरी बजेटको निर्माणका लागि सरकारलाई सुझाव दिन चाहन्छु।’

उनले विगतका बजेटहरूले विकासको सूचकाङ्कले गाउँ बस्तीलाई पछाडि पारेको, दुर्गम बस्ती उजाड हुँदै गएको र सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेश विकासमा उपेक्षित भएको देखाएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ