नेपाल आतंकवादको सहज आश्रय स्थल बन्दै गएकोमा चिन्ता
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
709
Shares
काठमाडौँ । भारत मोतीहारीको पूर्वी चम्पारणबाट बलवीर सिंह भनिने कश्मीर सिंह गलबड्डीलाई पक्राउ गरिएको छ । फर्जी कागजात बनाएर भारत–नेपाल सीमामा गतिविधि गर्ने दलजीत सिंहको नामबाट नेपालमा ६ वटा बैंक एकाउण्टमा विदेशबाट करोडौँ रुपैयाँको लेनदेन भएको बताइन्छ ।
पक्राउ गर्न दश लाख रुपैयाँको पुरस्कार घोषित गलबड्डीले नाभा जेल तोडेको र अन्य आतंककारी गतिविधिमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
वीरगञ्जमा घरसमेत बनाएका उनले एक नेपाली महिलासँग विवाह गरेर सामान्य जीवनयापन गरिरहेको देखाई कपडा बेच्ने काम गरिरहेका थिए । उनलाई बब्बर खालसा इन्टरनेश्नलसहित अन्य खलिस्तानी आतंकवादी संगठनको नेपाल नेटवर्कका मुख्य व्यक्ति बताइएको छ ।
धर्म प्रचार भनेर तबलिगी जमातका ६ जना बङ्गलादेशी नागरिक सप्तरीमा भेटिएको खबर सेलाउन नपाउँदै अहिले खालिस्तानी आतङ्कवादी संगठनको आबद्धता देखिनुलाई नेपाल आतङ्कवादको सहज आश्रय स्थल बन्न लागेको हो कि भने चिन्ता बढेको छ।