arrow

विकास, आर्थिक मामिला तथा सुशासन समिति

नेपाल र मलेसियाका सांसदबीच संसदीय अनुभव आदानप्रदान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
malaysia-nepal-mp.jpg

काठमाडौं । नेपाल र मलेसियाका सांसदहरूले दुवै देशको संसदीय प्रक्रियाबारे एकआपसमा अनुभव आदानप्रदान गरेका छन्।

मंगलबार सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूले मलेसियाका सांसदहरूसँग संसदीय प्रक्रियाबारे छलफल र अनुभव आदानप्रदान गरेका हुन्।

संसदीय प्रक्रियाबारे आफ्ना विचार राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले मलेसिया–नेपाल पार्लियामेन्ट फ्रेन्डसिप ग्रुपले अपेक्षित कार्यक्रमहरू गर्न नसकेको बताए। उनले फ्रेन्डसिप ग्रुप गठन भए पनि सक्रिय हुन नसकेको उल्लेख गरे। यद्यपि, उनले दुई देशबीचको मित्रता भविष्यमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

समितिको बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मलेसिया र नेपालबीच जनस्तरको सम्बन्ध बलियो रहेको बताए। उनले विकासको गतिमा मलेसिया नेपालभन्दा धेरै अगाडि रहेको धारणा राखे।

समितिको बैठकको समापनमा समिति सभापति कमलादेवी पन्तले मलेसियाका सांसदहरूलाई मायाको चिनो प्रदान गरिन्। बैठकमा सहभागी अन्य सांसदहरूले पनि मलेसिया र नेपालबीचको संसदीय सम्बन्धलाई थप मजबुत बनाउँदै एकअर्काको संसदीय अभ्यासबाट सिक्दै अघि बढ्न आवश्यक रहेको बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ