arrow

गर्मीमा बिना सूचना बत्ती काट्दा जनजीवन कष्टकर, सांसद शर्माको आक्रोश [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
narayani-sharma.jpg

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले विद्युत प्राधिकरणले उपभोक्तालाई जानकारी नदिई पटक-पटक विद्युत कटौती गरेकोमा कडा आपत्ति जनाएकी छन्।

प्रतिनिधि सभाको आज (मंगलबार) बसेको बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले चर्को गर्मीमा बिना सूचना घण्टौंसम्म लाइन काटिँदा जनताले ठूलो कष्ट भोग्नुपरेको बताइन्। उनले प्राधिकरणलाई जनताको जीवनसँग खेलवाड नगर्न चेतावनी दिइन्।

सांसद शर्माले प्रश्न गरिन्, "यही साधनस्रोतले यसभन्दा अगाडि नियमित लाइन दिन सक्ने प्राधिकरण अहिले किन पटक-पटक लाइन काटिरहेको छ? जनतालाई सूचना दिँदैन। के यही प्रयोजनका लागि कुलमानलाई हटाउने परिस्थिति जन्मिएको हो?" उनले सभामुखमार्फत विद्युत कटौतीको नियमितताका लागि रुलिङ गर्न माग गर्दै भनिन्, "यस्तो प्रचण्ड गर्मीमा विद्युत प्राधिकरणले पटक-पटक बिना सूचना लाइन काटेको छ। यसरी घण्टौं लाइन काटिँदा जनजीवन कष्टकर बनेको छ। मध्यरातमा जनता सडकमा आउन बाध्य छन्। प्राधिकरणले जवाफ दिन सक्दैन। त्यसैले सम्माननीय सभामुखमार्फत सोध्न चाहन्छु, जनताको जीवनमाथि खेलवाड किन? लाइन नियमितताका लागि रुलिङका लागि सभामुखसँग माग गर्दछु।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ