arrow

प्रतिनिधि सभा

विद्युत् प्राधिकरणको आर्थिक विवरण सार्वजनिक गर्न रुलिङको माग [भिडियो]

कुलमान घिसिङले प्राधिकरण १३ अर्ब ६१ करोड रुपैयाँ नाफामा रहेको दाबी गरे, हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्दै प्राधिकरण घाटामा रहेको तथ्याङ्क सार्वजनिक गरे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
hitraj-26.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत् प्राधिकरणको आर्थिक विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकहरुले जानकारी गराएको खर्च र आम्दानीको विवरणले आम जनतामा अन्यौलता सिर्जना गरेको बताए । 

उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडियामार्फत जानकारी गराउनु भएका प्राधिकरणको आम्दानी र खर्चको विवरणले आम जनतामा अन्योल सिर्जना गरेको छ ।’

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण १३ अर्ब ६१ करोड रुपैयाँ नाफामा रहेको दाबी गरेका थिए । प्राधिकरणलाई नाफामा देखाउँदै घिसिङले सर्वसाधारणमा आईपीओ जारी गर्ने उद्घोष समेत गरेका थिए । तर प्राधिकरणका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्दै प्राधिकरण घाटामा रहेको तथ्याङ्क सार्वजनिक गरे । उनकाअनुसार प्राधिकरण अहिले पनि ५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ