arrow

नीति तथा कार्यक्रममाथिको छलफल

पहुँचका आधारमा बजेट विनियोजन नगरियोस् - एनपी साउद [भिडियो]

भनसुन र पहुँचका आधारमा नभई आवश्यकता बजेट वितरण गर्नुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २४ बुधबार
np-sauds.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले भनसुन र पहुँचका आधारमा नभई आवश्यकता बजेट वितरण गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साउँदले विगतमा भनसुन र व्यक्तिगत पहुँचका आधारमा एउटै क्षेत्रमा बजेट खन्याउने दृष्टान्त रहेको उल्लेख यस्ता कार्य दोहोरिन नदिन सरकारसँग आग्रह गरे ।

मुलुकको सन्तुलित विकास हुने गरी बजेट विनियोजन गर्नुपर्ने धारणा राखे। साँउदले योजना निर्माणमा स्थानीय, प्रदेश र सङ्घ सरकारबीच सहकार्य नहुँदा योजना दोहोरिने भएको कारण सचेत हुन आवश्यक रहेको समेत बताए । 

उनले भने, ‘केही नेता र मान्छेहरूले भनसुनको आधारमा आफ्नो क्षेत्रमा बजेट लगेका दृष्टान्तहरू छन् । अब त्यसको पुनरावृत्ति नहोस् । र त्यसको ठाउँमा योजनाहरूमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको गरेर योजनाहरू दोहोरिने स्थिति पनि नहोस् । मुलुकको सन्तुलित विकास होस् । १६५ क्षेत्र, हिमाल, पहाड, तराई सबै ठाउँका जनताका आकांक्षहरु परिपूर्ति गर्ने दिशातिर सरकार जाओस् । म सरकारसँग आग्रह गर्न चाहन्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ