arrow

वर्षको पहिलो साता सकारात्मक नेप्से दोस्रो साता ऋणात्मकबाट थालनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । यो वर्षको पहिलो साता सकारात्मक रहेको नेप्से दोस्रो साता ऋणात्मकबाट शुरु भएको हो । आइतबार परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर दुई हजार ७०६ दशमलव ०४ को विन्दुमा कायम भएको हो ।

तीन सय २८ कम्पनीको दुई करोड १३ लाख २३ हजार नौ सय ६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ४३ करोड ३५ लाख ८९ हजार सात सय ८५ बराबरको कारोबार भएको छ ।

कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२ र व्यापार समूह एक दशमलव ०२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ७०, विकास बैंक शून्य दशमलव ७९, वित्त एक दशमलव २७, होटल तथा पर्यटन एक दशमलव ३६, जलविद्युत् एक दशमलव २२ र लगानी समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । 

त्यस्तै, जीवन बिमा शून्य दशमलव ८७, लघुवित्त शून्य दशमलव ५४, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बिमा शून्य दशमलव २२ र अन्य समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ ।

कारोबारमा सबैभन्दा धेरै नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरे घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य सात दशमलव ३३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ६८ करोड ७६ लाख ९७ हजार तीन सय ६८ बराबरको कारोबार भएको छ । 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने बलेफी हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै २४ लाख ८३ हजार सात सय ६३ कित्ता शेयर किनबेच भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ