arrow

वर्षको पहिलो साता नेप्सेमा हरियाली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । वर्षको पहिलो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सकारात्मक रह्यो । २ गते मंगलबार २७ दशमलव १४ अङ्कले बढेर दुई हजार छ सय ८९ दशमलव २२ को बिन्दुमा कायम भयो । 

बुधबार ३ गते सात दशमलव शून्य एक अङ्कले बढेर दुई हजार छ सय ९६ दशमलव २३ को विन्दुमा कायम भयो । 

त्यस्तै बिहीबार २६ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ । 

बिहीबार तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ दशमलव ३२ को कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार बजारसँगै कारोबार रकम पनि बढेको हो । एक सय ८७ कम्पनीको शेयर मूल्य बढ्दा ५९ कम्पनीको मूल्य घटेको छ । 

अघिल्लो दिन रू सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको थियो । बिहीबार व्यापार शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका परिसूचक बढेका छन् ।

कारोबारमा नेपाल माइक्रो इन्सोरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआएसी एसिया डिवेन्चरको शेयर मूल्य सबैभन्दा बढी चार दशमलव ७९ प्रतिशतले घटेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ