arrow

योगी आदित्यनाथ नेपाली दूतावास गएको भन्ने कुराको देउवाले गरे खण्डन [भिडियो]

योगी आदित्यनाथ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा रहेछ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
deuba-12-29.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गरे भन्ने भनाइको खण्डन गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले यसअघिको कार्यक्रममा गलत सूचनाका कारण उत्तर प्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताएको भनेको भन्दै उक्त भनाइको खण्डन गरेका हुन् । 

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित नेपाली दूतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताएका थिए । सोही भनाइप्रति सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दूतावास नआएको र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा सो कुरा बताएको उल्लेख गरे । 

सभापति देउवाले भने, ‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा मैले भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु । त्यसमा भन्न चाहन्छु मैले । उहाँले दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो । हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो । दूतावासमा आउनुभएको होइन । यो पनि म खण्डन गर्न चाहन्छु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ