काठमाडौँ । बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार ९.६६ अंकले बढेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार ५.५७ अंकले घटेको हो ।
मौसमसँगै नेप्से पनि चिसिँदा कारोबार सामान्य घटेको हो । जस अनुसार नेप्से परिसूचक र २६७०.७० विन्दुमा पुगेर रोकिएको छ ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको तथ्यांकले देखाएको छ ।
यसदिन ३२१ कम्पनीका १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ कारोबार भएको छ ।
जसअनुसार बुधबार ४ अर्ब ४८ करोडको शेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ६३ करोड बराबरको कारोबार भयो ।