-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । शेयर बजार लगातार दोस्रो कारोबारको दिन पनि ओरालो लागेको छ । विश्व बजार नै उथलपुथल भएका बेलामा त्यसको बाछिटा नेपालमा पनि देखिएको हो ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३.४४ अंकले घटेको छ । कारोबार रकम पनि घटेर २६६६.६१ विन्दुमा बन्द भएको छ ।
पाँच अर्ब ३० करोड रुपैयाँको शेयर किनबेच भएको छ । सोमबार पाँच अर्ब ६५ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।
कारोबारमा आएका १३ मध्ये फाइनान्स, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार समूहको परिसूचक बढेको नेप्सेले जनाएको छ ।
१२१ कम्पनीको सेयर मूल्य बढेको छ ।