arrow

बालेनले रोकेका गुरागाईं ताल्चा फुटाएर बसे कुर्सीमा, पाँच महिनादेखि रोकिएको तलब निकासा हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
saroj-guragai-ktm-ceo.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनले लगाएको ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काठमाडौँ महानगरपालिकाको जिम्मेवारीमा फर्किएका छन् ।

मेयर साहले लगाएको ताल्चा उपप्रमुख सुनिता डंगोल, वडा अध्यक्ष र कार्यरत कर्मचारीको पहलमा ताल्चा फुटाएर प्रमुख प्रशाशकीय अधिकृत  गुरागाईं जिम्मेवारीमा फर्किएका हुन् ।

गुरागाईंले कार्यालय प्रवेश गर्न नदिन राजु पाण्डेको नेतृत्वमा महानगरीय प्रहरी खटाए पनि अन्ततः जनप्रतिनिधि र कर्मचारीको अगाडि केही लाग्न सकेन र उनी साढे तीन महिनापछि जिम्मेवारीमा फर्किएका हुन् ।

काठमाडौँ महानगरमा यसअघि झन्डै पाँच महिनादेखि रोकिएको तलब शुक्रबारदेखि नै निकासा हुने उनले जानकारी दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ