कांग्रेस सभापति देउवासहित सात सांसद संसद्मा धेरै गयल [भिडियो]
यी हुन् बैठकमा १० पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरू
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
769
Shares
काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन समापन भएको छ। अधिवेशनको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले सभामा १० पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरेका छन्। अनुपस्थित हुने सांसदहरूमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सात जना सांसद रहेका छन्।
सभामुख घिमिरेले दिएको जानकारीअनुसार प्रतिनिधि सभा सदस्यहरू लीलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनुपस्थित रहेका छन्।
सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली कांग्रेसकी सांसद मनोरमा शेरचन रहेकी छन्। थेरापी चलिरहेको कारण देखाउँदै उनी २७ बैठकमा अनुपस्थित भएको बताइएको छ।
सभामुखले संसद्मा अनुपस्थित हुने सांसदहरूमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र कोही विदेश भ्रमणमा रहेको जानकारी दिएका छन्। प्रतिनिधि सभाको बैठकले सांसदहरूको बिदा स्वीकृत गरेको छ।