arrow

एसइई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसइई अफर २०८१’, रु. २० मा सिम कार्ड उपलब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
nepal-telecom-see-offer-2081.jpg

काठमाडौँ। नेपाल टेलिकमले २०८१ सालको एसइई परीक्षामा सहभागी विद्यार्थीहरूका लागि विशेष ‘एसइई अफर २०८१’ सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत रु.२० मा सिम कार्ड उपलब्ध हुने तथा थप बोनस अन रिचार्ज सुविधा समेत प्राप्त हुने टेलिकमले जनाएको छ। अफर २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म लागू हुनेछ।

नेपाल टेलिकमका अनुसार देशभरका कार्यालयहरूबाट विद्यार्थीहरूले सिम कार्ड प्राप्त गर्न सक्नेछन्। सिम सक्रिय भएपछि ३० दिनसम्म विभिन्न अफरहरू उपलब्ध हुनेछन्। पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका परीक्षार्थीहरू पनि यस अफरको लाभ उठाउन सक्ने व्यवस्था गरिएको छ।

सिम एक्टिभ गरेपछि प्राप्त हुने सुविधा

  • नयाँ सिम कार्डमा रु. ९.८० मेन ब्यालेन्स उपलब्ध हुनेछ। जसले जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिनेछ। साथै, ३० दिनसम्म हरेक दिन

नेपाल टेलिकम नेटवर्कभित्र २० मिनेट निःशुल्क भ्वाइस सेवा

  • १० वटा एसएमएस पठाउने सुविधा
  • ५०० एमबी मोबाइल डाटा
  • यी सुविधाहरू त्यसै दिनका लागि मात्र मान्य रहनेछन्।

सिम लिन आवश्यक कागजातहरू
विद्यार्थीले एसइईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो तथा आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र वा अन्य सरकारी प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी फाराम भर्नुपर्नेछ।

सिम सक्रिय गर्ने तरिका

  • नयाँ सिम कार्ड सक्रिय गर्नका लागि
  • *१४१४# डायल गर्नुपर्नेछ।
  • *१६००# डायल गरी निर्देशन पालना गर्नुपर्नेछ।
  • *१६००# डायल गर्दा निर्देशनअनुसार एसइई सिम्बोल नम्बर (अल्फाबेट बिना) टाइप गरी पठाउने।
  • जन्म मिति विक्रम संवत् (वि.सं.) वर्ष, महिना, गते (जस्तै: २०६१०१०१) को ढाँचामा टाइप गरी पठाउने।

बोनस अन रिचार्ज अफर

  • रु. ५० वा सोभन्दा बढी रिचार्ज गर्दा
  • ५०० एमबी डाटा

नेपाल टेलिकम नेटवर्कभित्र ५० मिनेट निःशुल्क कुराकानी

  • ५० वटा अन-नेट एसएमएस सुविधा
  • रिचार्जमा प्राप्त हुने बोनस ३ दिनभित्र प्रयोग गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

नेपाल टेलिकमले एसइई परीक्षार्थीहरूलाई डिजिटल कनेक्टिभिटीमा जोड्ने लक्ष्यसहित यो विशेष अफर ल्याएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ