भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउन सक्छ- ईश्वर पोखरेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
1k
Shares
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले भूराजनीतिक संवेदनशीलता बुझेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेकपा एमाले शहरी विकास विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा भूराजनीतिक संवेदनशीलता नबुझ्दा देशमा कठिन अवस्था आउन सक्ने बताए ।
उनले विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएका दुई मुलुकको बीचमा नेपाल रहेको भन्दै ढङ्ग नपुर्याउँदा सार्वभौतिसत्ता, अखण्डता र स्वाधीनताका कायम राख्न कठिन हुने बताए । उनले राजावादीको आन्दोलनतर्फ इङ्गित गर्दै वर्तमान अवस्थामा नेपालको राष्ट्रिय शक्तिहरूलाई छिन्नभिन्न गराउने किसिमले कुनै शक्ति लागिरहेको भन्दै त्यस्ता गतिविधिप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो । उनले नेकपा एमालेले पार्टीको नीति निर्देशन र उद्देश्य मात्र नभई समग्र राष्ट्रको समृद्धिका लागि सबै पक्षहरूलाई समेटेर अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘कतिपय कुराहरू पार्टीगत ढङ्गले गरिएको कुराहरू भन्दा पनि अलि पृथक् ढंगले पनि सोच्नुपर्ने हुन्छ, देश निर्माण गर्ने खालका कुरा, पार्टीको एउटा भिजन छ । तर त्यो भिजनबाट निर्देशित भएर चलेर अगाडि बढ्ने हो । यो सँगसँगै अन्य सम्भव भएका सबै पक्षहरूलाई समेट्ने हिसाबले हामी जानुपर्ने हुन्छ । त्यो योग्यतापूर्वक गर्न सकियो भनिन् मात्रै हामी ठिक ढङ्गले अगाडि बढ्न सक्छौँ । आज हाम्रो देशको सन्दर्भमा कतिपय लागिरहेका छन्, साथीहरूले भन्न खोज्न भाछ । हामीले जहिलेसम्म जियोपोलिटिक्स सेन्सेटिभिटीलाई बुद्धिमत्तापूर्ण ढङ्गले एड्रेस गर्न सक्दैनौँ हाम्रो देशलाई अगाडि बढ्न धेरै कठिन छ । तीनतिर भारतले घेरेको छ १८ सय किलोमिटर,बोर्डर खुला छ । उत्तरतिर १४ सय किलोमिटर सीमा जोडिएको चीन छ भाग्यले हिमालको पर्खाल छ । हामी संसारको लार्जेस्ट सेकेण्ड लार्जेस्ट जनसङ्ख्या भएको मुलुकबीचमा छौँ । यस्तो अवस्थामा हामीले आफू जोगिन जोगाउन सार्वभौमिकता अखण्डता स्वाधीनता कायम राख्नका लागि धेरै विषयमा होस् पुर्याएर चल्नु पर्ने जरुरत छ । अरूको कतिपय कुराहरू निरपेक्षरुपले कपी गरेर चल्न खोज्यौँ भनिन् त्यो उचित नहुन सक्छ । त्यसैले राष्ट्रिय शक्तिहरूलाई कमजोर बनाउने हिसाबले जो लागिरहेका छन् त्यसलाई हामीले बुझ्नुपर्छ ।’