arrow

कांग्रेसले बहुमत ल्याउने प्रयत्न गर्नुपर्छ - देउवा [भिडियो]

संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
deuba-12-06.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने अवस्था रहेको बताए ।

यसमा पार्टीको दोष नभई संविधान नै त्यस किसिमको रहेको बताए । यसलाई बुझेर कांग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरी रहेको बताए । उनले अहिलेको संविधान धेरै राम्रो रहेको बताए । उनले समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान भएकाले यसलाई बचाइराख्नुपर्ने बताए । 

सभापति देउवाले भने, ‘अहिलेको संविधान अत्यन्तै राम्रो संविधान छ । यसमा समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान छ । यस संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ । त्यसकारण कुनै पनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ । त्यसैले हाम्रो पार्टीले मेहनतका बाबजुद सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर बहुमत ल्याउन सकेको छैन । पार्टीको दोष भन्दा पनि संविधान नै यस्तो किसिमको छ । धेरै कारण छन् । यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्छ ।’

सभापति देउवाले नेपालको गाउँपालिकाहरूमा प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य नै भएको बताए । महिलालाई प्रत्यक्ष राजकीय प्रशासनमा प्रत्यक्ष सहभागी हुने मौका प्राप्त भइरहेको बताए । महिलाले अधिकारका लागि मात्रै नभई जिम्मेवारीकारसाथ काम गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ