कमर्श क्याम्पसमा अखिलको किल्ला भत्काउन तरुण दल नै सक्रिय
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ४ सोमबार
1.2k
Shares
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मंगलबार हुँदैछ । त्यसका लागि विद्यार्थी नेताहरुबीच तँछाडमछाड चलिरहेको छ ।
त्यतिमात्र होइन विद्यार्थीहरुको चुनाव भए पनि पार्टीगत रुपमा माउ पार्टी र अन्य संस्थाहरुसमेत चुनावी माहोलमा होमिएका छन् । सो क्रममा नेपाल कमर्स क्याम्पस मिनभवनमा नेपाल विद्यार्थी संघका स्ववियु उम्मेदवार जिताउन नेपाल तरुण दल केन्द्रीय सदस्यहरुसमेत सक्रिय भएका छन् ।
नेविसंघका स्ववियु सभापतिका उम्मेदवार रविन ओली र सचिवमा ज्ञानु दाहालको प्यानल मैदानमा छ । उपत्यकामा व्यवस्थापन संकायको नेपाल कमर्स क्याम्पसमा स्ववियु विगत लामो समयदेखि अखिलको कब्जामा रहेको छ ।
तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङले स्ववियु चुनावमा नेविसंघ उम्मेद्वार जिताउन केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्षहरुलाई निर्देशन दिए अनुसार नेपाल तरुण दल केन्द्रीय सदस्य गोपाल चौलागाई ,मनोज कटवाल , राजिब लामिछाने, दिपेन्द्र पोखरेल लगायतका नेताहरु खटिइरहेका छन् ।
नेपाल कमर्स क्याम्पस पुर्व इकाई सदस्य (हाल तरुण दल केन्द्रीय सदस्य) दिपेन्द्र पोखरेलले नेविसंघले यसपालि मिनभवनमा इतिहास रच्ने दाबी गरेका छन ।