arrow

गगन थापाले गरे पूर्वपदाधिकारीहरूलाई सुबिधा दिने कानूनको विरोध [भिडियोसहित] 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २ शनिबार
gagan-thapa-12-02.jpg

पाँचथर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वपदाधिकारीहरुले आजीवन सुबिधा पाउने कानूनको विरोध गरेका छन् । महामन्त्री थापाले शनिबार पाँचथरको प्रथम तुम्बेवा महोत्सव २०८१ लाई सम्बोधन गर्दै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको करबाट आजीवन सुविधा पाउनु न्यायसंगत नभएको बताउँदै यस्तो अनुत्पादक खर्च रोक्ने कानून बनाउनुपर्ने बताएका हुन् ।

स्वास्थ्य मन्त्री हुँदा सरकारी खर्चमा विदेश उपचार बन्द गर्ने कानून ल्याएका महामन्त्री थापाले जनताको ढुकुटीबाट जीवनभर सेवा सुविधा दिने कानुन ल्याउने तयारीको विरोध गरेका हुन् ।

उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको करबाट आजीवन सुविधा पाउनु न्यायसंगत छैन । सरकार चलाउन नसके पनि कम्तीमा यस्तो अनुत्पादक खर्च रोक्ने कानुन बनाउनुपर्छ ।’

गत पुस ९ मा बसेको मन्त्रिपरिषद् बैठकले ‘पूर्वपदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा तयार पार्न गृह मन्त्रालयलाई स्वीकृत दिएको पाइएको छ । गृहकै प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएपछि पूर्वपदाधिकारीका लागि आजीवन सुविधा दिने गरी विधेयकको मस्यौदा निर्माणको प्रक्रिया शुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ