arrow

भ्रष्ट नेताको बिदाइ गर्न राजसंस्था – धवल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
dhawal-shumsher-rana-banke-2-rpp-mp-2079-2022.jpg

बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा धवलशमशेर राणाले नेपालमा व्यवस्था बदल्ने बेला आएको बताएका छन् । नेपाली जनताले राजसंस्था माग गरेको राणाको भनाइ छ ।

‘भ्रष्ट नेताहरूको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ। धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य चाहिएको छ,’ राप्रपा नेता राणाले बुधबार भने ।

राजसंस्था र सनातन हिन्दू अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म राप्रपाले जारी राखेको अभियान नरोकिने उनले बताए ।

‘नेताहरूले हाम्रो धर्म, संस्कृति बेचेको कुरा अहिले प्रष्ट भएको छ। अमेरिकी राष्ट्रपति, अमेरिकी सांसद, भारतीय सांसदहरूले नै यो कुरा उठाइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइबाटै नेपालमा धर्म–संस्कृति मास्ने काम भएको, अमेरिका र नेपाल दुवैतर्फ भ्रष्टाचार भएको प्रष्ट भएको छ,’ राणाले भने ।

बर्दिया जिल्लामा आयोजित बृहत् मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै राणाले यो विचार व्यक्त गरेका हुन् ।

देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनतान हिन्दू अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे।

राप्रपा आन्दोलन परिचालन समितिले फागुन महिनाभरि सातै प्रदेशका प्रमुख शहरहरुमा मोटरसाइकल र्‍याली सञ्चालन गर्ने र चैत महिना काठमाडौं केन्द्रित आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ