arrow

लोकतन्त्रको असली खतरा सरकारबाटै – सोबिता गौतम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
sobita-gautam-81-11-28.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ अवाजहरुलाई दमन गरिरहेको आरोप लगाएकी छिन् ।  

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गौतमले सरकार अत्याधिक शर्तक, असहिष्णु र उदाउँदै गरेको नयाँ अवाजहरुलाई दमन गर्न उद्दत रहेको बताएकी हुन् । उनले सरकारले जनविश्वास गुमाइसकेको र गम्भीर संकटमा रहेको पनि दाबी गरेकी छिन् । 

अहिलेको सङ्कट सरकार आफैंले निम्त्याएको बताउदै सांसद गौतमले भनिन्, ‘सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरबार बनायो । उदाउँदै गरेका नयाँ शक्ति जो यही गणतन्त्रमा जन्मिए, हुर्किए र लोकतन्त्र जोगाउने पहिलो पंत्तिमा उभिन सक्थे, उनीहरुलाई  झूटा मुद्दा लगाएर दमन गरिरह्यो । सदनमा प्रश्नको जवाफ नदिने, प्रश्न गर्ने सांसदहरुलाई होच्याउने, पत्रकारहरुको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक ल्याउने, निषेधित क्षेत्र घोषणा गरेर सडकहरु कब्जा गर्ने यी सबै नियन्त्रणमुखी शासनका लक्षण हुन् । सरकारले सदन, सडक, सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सक्ला तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन । त्यसैले लोकतन्त्रको असली खतरा कोही हो भने सरकार आफैं हो । सबैको विचार अट्ने व्यवहार गर्नुस्, नत्र परिणाम जनताको पक्षमा हुनेछ, यो सरकारलाई नयाँ पुस्ताको चेतावनी हो ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ