काठमाडौँ । पोखर भ्रमणपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत गरिएको छ । आइतबार पोखरबाट एक हप्ताको भ्रमणपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन् ।
विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरूले फूल मालाले स्वागत गरेका छन् । स्वागतका लागि विमानस्थल पुगेका समर्थकहरूले हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आऊ देश बचाउ लगायतका नारा लगाएर स्वागत गरेका छन् ।
पूर्वराजा शाहलाई स्वागतमा बाजागाजा र पुष्पहारसहित समर्थकहरू विमानस्थल पुगेर स्वागत गरेका छन् ।