आगामी निर्वाचनमा कांग्रेसलाई देशकै ठूलो पार्टी बनाउनुपर्छ - देउवा [भिडियो]
मतभेद छलफलबाट हटाएर पार्टीलाई जीवन्त बनाउनु पर्छ
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
937
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्नेगरी तयारीमा लाग्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले य नेपाली कांग्रेस आगामी निर्वाचनमा बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्न सक्ने बताए । उनले पहिलाको भन्दा ठूलो पार्टी बन्नेगरी तयारी गर्न निर्देशन दिए । नेताहरुबीचका मतभेदहरू छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताए ।
सभापति देउवाले भने, ‘भोलिको दिनमा हाम्रो पार्टीले बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो, हिजोको भन्दा ठूलो पार्टी बनाउन हामी लाग्नुपर्छ भन्ने कुरा अनुरोध गर्न चाहन्छु । हाम्रो बीचमा अनेक किसिमका मतभेदहरू हुन सक्छन् । ती सबै कुरालाई हामीले आपसमा छलफल गरेर टुङ्ग्याउनु पर्छ । मतभेद छलफलबाट हटाएर पार्टीलाई जीवन्त बनाउनु पर्छ । हाम्रो पार्टीलाई जीवन्त पार्टी बनाउन सके मात्रै हामी अघि बढ्न सक्छौँ ।’
सभापति देउवाले नेपालको लोकतन्त्र समावेशी र समानुपातिक तथा विपक्षी दलसहितको राम्रो व्यवस्था भएको बताए ।