arrow

कुलमानलाई हटाउनु हुँदैन -राज्यमन्त्री तामाङ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
rajyamantri-tamang.jpg

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने बताएका छन्।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले घिसिङले विद्युत् प्राधिकरण जस्तो घाटाको कम्पनीलाई नाफामा लगेको उल्लेख गर्दै हटाउन नहुने आफ्नो प्रस्ताव रहेको बताए। 

कार्यकारी निर्देशक घिसिङ आगामी साउन २७ गते प्राधिकरणबाट बिदा हुने बताए । 

देशको आम्दानी बढाउने व्यक्तिलाई हटाउन नहुने उनको भनाइ छ । कर्मचारीलाई चित्त नबुझेका कुराहरूमा स्पष्टीकरण सोध्न मिल्ने बताए । 

उनले घिसिङ देशका लागि काम गर्ने व्यक्ति भएको भन्दै नागरिकले चाहेको खण्डमा फेरि ४ वर्ष काम गर्न दिनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ