arrow

माओवादीले गर्‍यो कुलमानको बचाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
devendra-poudel-81-11-12.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल बनाएर के गल्ती गरे भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले कुलमानलाई हटाउने हल्ला चलाइएको भन्दै कुलमानले उज्यालो नेपाल बनाएर के गल्ती गरे भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘अहिले कुलमानलाई बिहानै हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ भनिँदैछ । उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे कुलमानले ? मुलुकलाई लोडसेडिङमुक्त गरेर के गल्ती गरे कुलमानले ? भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ? बरु सम्मान गर्नुपर्छ ।’

सांसद पौडेलले विद्युतको बक्यौता नतिर्नेको लाइन काटिनुपर्ने आवाज उठाए । तर महसुस तिर्नेहरुको नै लाइन काटिएको भन्दै उनले आपत्ति जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ